काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पल्सर एन१६० र एन१२५ मोडल सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा जारी ग्राण्ड कार्निभलमा सार्वजनिक गरिएका यी दुई नयाँ मोटरसाइकलमा पर्फमेन्स, प्रविधि र स्टाइलको संयोजन गरिएको छ ।
पल्सर एन१६० मा १६४.८२ सीसीको इन्जिन, डुअल च्यानल एबीएस, अपसाइड डाउन फोर्क्स र स्मार्ट नेभिगेसन सुविधा छन् । यस्तै एन१२५ मा १२४.५८ सीसीको इन्जिन, उत्कृष्ट इन्धन सक्षमता र ५ स्पिड ट्रान्समिशन छन् ।
गोल्छा ग्रुपका मार्केटिङ हेड अमित चालिसेले नयाँ मोडलले नेपाली बजारमा पर्फमेन्स बाइकको परिभाषा फेरिने विश्वास व्यक्त गरे ।
भृकुटीमण्डपमा १६–२१ वैशाखसम्म चल्ने ग्राण्ड कार्निभलमा यी मोडलहरू खरिद गर्न, टेस्ट राइड गर्न र स्थानमै फाइनान्सको सुविधा लिन सकिने कम्पनीले जनाएको छ ।
खास अफरहरूमा जीरो सर्विस चार्ज, उच्चतम भ्यालुएसन, नगद र अन्य उपहारहरू, तथा निःशुल्क एक्सेसरीज पनि समावेश छन् ।