काठमाडौं । विश्वप्रसिद्ध इलेक्ट्रिक गाडी निर्माता कम्पनी टेस्लाको बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कको उत्तराधिकारी खोज्न थालेको छ । वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार करिब एक महिनाअघि टेस्ला बोर्डका सदस्यहरूले विभिन्न कार्यकारी खोज कम्पनीहरूलाई सम्पर्क गरेका थिए ।
यस प्रयासको पछाडि मस्कको ट्रम्प प्रशासनमा बढ्दो संलग्नता मुख्य कारण भएको बताइएको छ । मस्कले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डोज) मा संघीय रोजगारी कटौती गर्ने अभियानको नेतृत्व गरिरहेका छन् । यसले गर्दा टेस्ला कम्पनीमा समय कम दिन थालेको भन्दै लगानीकर्ताहरू चिन्तित बनेका हुन् ।
मस्कले अतिदक्षिणपन्थी विचारप्रति झुकाव देखाउँदै आएका छन् । यसको असरस्वरूप अमेरिका र युरोपभर टेस्लाको सोरुम तथा चार्जिङ स्टेसनहरूमा विरोध प्रदर्शन र तोडफोडका घटनाहरूसमेत बढेका छन् । साथै टेस्लाको विक्री पनि निकै घटेको छ ।
वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार टेस्ला बोर्डका सदस्यहरूले मस्कसँग भेट गरी उनले टेस्लामा बढी समय दिने सार्वजनिक प्रतिबद्धता जाहेर गर्न आग्रह गरेका थिए । तर मस्क स्वयं पनि बोर्ड सदस्य रहेकाले उत्तराधिकारी छनोटको योजनासम्बन्धी जानकारी उनीसँग थियो वा थिएन भन्ने अझै स्पष्ट भएको छैन ।
मस्कले भने हालै आफू ट्रम्प प्रशासनमा समय कटौती गरी टेस्लामा केन्द्रित हुने बताएका थिए ।
विश्वव्यापी प्रतिस्पर्धा बढिरहेको बेला टेस्ला अहिले गम्भीर मोडमा पुगेको छ । किफायती ईभी निर्माणको घोषणा गरे पनि मस्कले अब चालकविहीन ट्याक्सी र ह्युमानोइट रोबोटहरूमा कम्पनीको भविष्य देखिरहेका छन् । यस दृष्टिकोणकै आधारमा कम्पनीको मूल्य निर्धारण भइरहेको छ ।
यसैबीच टेस्लाका केही बोर्ड सदस्यहरू जस्तै सह–संस्थापक जेबी स्ट्राउबेल, प्रमुख लगानीकर्ताहरूसँग भेट गरी कम्पनी सुरक्षित हातमा रहेको सन्देश दिन जुटेका छन् ।
तर बोर्डले स्वतन्त्रता गुमाएको र मस्कलाई नियन्त्रण गर्न नसकेको आरोप पनि उठ्दै आएको छ । बोर्ड अध्यक्ष रोबिन डेनहोम स्वयं मस्कको विवादास्पद पारिश्रमिक प्याकेज समर्थन गरेकी छन्, जसका कारण उनको तलब र भूमिका पनि आलोचनाको केन्द्रमा परेका छन् ।
रिपोर्टअनुसार आठ सदस्यीय बोर्ड जसमा मस्कका भाई किम्बल मस्क र सञ्चारधनी रूपर्ट मर्डोकका छोरा जेम्स मर्डोक पनि छन्, अहिले एउटा स्वतन्त्र निर्देशक थप्ने प्रयासमा लागेको छ ।
संकटमा पोर्शेः अमेरिकी कर र चीनको बजार खुम्चिएपछि राजस्व लक्ष्य घटायो
लिगेसी बोकेको पोर्शेलाई पनि चीनमा सकस, विदेशी अटोमेकरका बिक्री धमाधम घट्दै
मार्चमा युरोपमा १४ लाखभन्दा बढी कार बिक्री, ईभीले गर्यो कमाल
भन्सार शुल्कको तनाबबीच 'सावधानीपूर्वक' भारत प्रवेश गर्दै टेस्ला
शाङ्घाई अटो शो : बीवाईडीसहित अन्य कम्पनी आक्रामक रूपमा प्रस्तुत हुँदै, दबाबमा टेस्ला
ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा
ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक
घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित
ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने
२५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने
साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा