सरकारले एमआरपी लागू भएयता २३ वटा पसललाई गर्‍यो २७ लाखभन्दा बढी जरिवाना

काठमाडौं । सरकारले वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू गरेयता हालसम्म बजार अनुगमन क्रममा १८५ वटा व्यापारिक फर्मलाई २७ लाख १५ हजार रुपैयाँ जरिवाना गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १८५ वटा व्यापारिक फर्मलाई कारबाही स्वरूप उक्त जरिवाना गरेको हो । 

विभागको अनुगमनमा खटिएको टोलीले वस्तुमा मूल्य र नापतौल हेरफेर गरेको पाइएपछि सो जरिवाना गरिएको विभागको भनाइ छ । 

हालसम्ममा देशभरमा ५ वटा खाद्यान्न पसललाई ५ लाख ५० हजार, ४ वटा अटो पाट्र्सलाई ३ लाख ५० हजार, तीनवटा हार्डवयर पसललाई ३ लाख २ जुत्ता चप्पल पसललाई ४ लाख १ किराना पसललाई २ लाख जरिवाना गरेको विभागले जनाएको छ । 

यस्तै, १ वटा इलेक्ट्रोनिक्सलाई २ लाख ५० हजार, एक डेरी प्रोडक्ट्सलाई १ लाख, एक तरकारी पसललाई २ लाख, मदिरा तथा सूर्तिजन्य पसललाई १ लाख ५ हजार, अन्यमा ४ गरी जम्मा २३ वटा पसललाई २७ लाख १५ हजार रुपैयाँ जरिवाना गरेको छ । 

साथै कागजातसहित ७४ वटा लाई विभागमा उपस्थित गराएर तथा अनुगमनकै क्रममा सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।  

गत चैत २० गतेदेखि विभागले उक्त उद्योगबाट उत्पादित सबै वस्तुमा एमआरपी सहित लेबल राखेर मात्र बेच्न निर्देशन दिएको थियो । त्यसयता विभागले बजार अनुगमनलाई तीव्रता दिइरहेको विभागले जनाएको छ ।

Share News