जडीबुटी-पेप्सीकोला सडकका दायाँबायाँका संरचना हटाउन सडक विभाग र काठमाडौं महानगरको ‘अल्टिमेटम’

जडिबुटी चोक काठमाडौं उपत्यकाको व्यस्त चोकमध्ये एक मानिन्छ । फाइल तस्बिर ।

काठमाडौं । सडक विभाग र काठमाडौं महानगरपालिकाले जडिबुटीदेखि पेप्सीकोला सडकको दायाँबायाँ १५/१५ मिटरभित्रका अनधिकृत संरचना हटाउन ३५ दिनको अल्टिमेटम जारी गरेका छन् ।

सोमबार प्रकाशित संयुक्त सूचनामा नक्सा पासबिना वा नक्सा पास विपरीत निर्माण गरिएका संरचनाहरू सम्बन्धित व्यक्तिले आफैं भत्काउन वा हटाउन निर्देशन दिइएको छ ।

सूचनाअनुसार भौतिक योजना तथा निर्माण मन्त्रालयद्वारा २०५८ मंसिर १८ गते राजपत्रमा प्रकाशित सूचनाले जडिबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडकको केन्द्र रेखाबाट दायाँबायाँ १५/१५ मिटर सडकको सीमा कायम गरेको छ ।

यही वैशाख १० गते नेपाल सरकार र स्थानीय सरकारका निकायले संयुक्त रूपमा सीमाङ्कन चिनो लगाएका थिए । 

तोकिएको ३५ दिनभित्र संरचना नहटाए सार्वजनिक सडक ऐन, २०३१ को दफा १९, स्थानीय सरकार सञ्चालन ऐन र भवन निर्माणसम्बन्धी मापदण्डअनुसार कारबाही गरिने सूचनामा उल्लेख छ ।

null

Share News