जलविद्युत् आयोजनाका लागि विद्युत् प्राधिकरणले गर्‍यो पीपीए आह्वान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले खरिद-बिक्री सम्झौता (पीपीए) का लागि प्रवर्द्धकहरूलाई आह्वान गरेको छ । 

बुधबार एक सूचना प्रकाशित गरी प्राधिकरणले पीपीए प्रक्रियामा रहेका प्रवर्द्धक कम्पनी र विद्युत् नियमन आयोगबाट पीपीएको मस्यौदामा सहमति प्राप्त भई पीपीएमा हस्ताक्षर गर्ने प्रयोजनार्थ अख्तियारी, पर्फरमेन्स बैंक जमानत र पीपीए शुल्क बुझाउन पत्राचार गरिएको प्रवर्द्धक कम्पनीलाई पीपीएका लागि आह्वान गरेको हो ।

प्राधिकरणको सञ्चालक समितिको गत वर्षको चैत्र १२ को ९९४ औं बैठकबाट नेपाल सरकारको मन्त्रिपरिषदबाट गत पुस १६ गते स्वीकृत ऊर्जा विकास मार्गचित्र २०८१ अनुसार सन् २०३५ भित्र नेपालको कुल जडित २८ हजार ५ सय लक्ष्य प्राप्तिका लागि गत चैत्र १२ गतेसम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भइसकेका १० मेगावाट बढी क्षमताका विभिन्न जलविद्युत आयोजनाका ग्रिड कनेक्सन एग्रिमेन्टको प्रावधान अनुसार खरिद बिक्री सम्झौता पीपीए अगाडि बढाउने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ ।

बुधबारबाट ३० दिनको समय राखेर प्रकाशित सूचनाअनुसार तोकिएको अवधिभित्र निवेदन प्राप्त नभए वा निवेदनमा चाहिने कागजात नपुगे त्यस्ता आयोजनालाई रोलक्रमबाट हटाई रोलक्रमका आधारमा ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका त्यसपछिका आयोजनाको पीपीए प्रक्रिया अगाडि बढाइने समेत प्राधिकरणले जनाएको छ।

सूचना :

Share News