काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखेका छन् । विभिन्न १० बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् ।
लक्ष्मी सनराइज बैंकका केही संस्थापक सेयरधनीले ३१ लाख ८० हजार ३९४ कित्ता सेयर बिक्रीमा राखेको छन् । बैंकको सेयर खरिद गर्न इच्छुक विद्यमान सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
यस्तै, एनएमबि बैंकको संस्थापक सेयरधनी शान्ति रमण वाग्लेले आफ्नो नाममा रहेको १ लाख २२ हजार १२ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
कुमारी बैंकका विभिन्न संस्थापकले ८१३ कित्ता सेयर बिक्रीमा राखेका छन् । उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
गरिमा विकास बैंकका केही संस्थापक सेयरधनीले ६५ हजार कित्ता सेयर बिक्रीमा राखेका छन् । बैंकको सेयर खरिदका लागि जेठ २१ गतेभित्र विद्यमान संस्थापक सेयरधनीले आवेदन दिनुपर्नेछ । यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापक सेयरधनी दुर्गा बहादुर पुन मगरले १५ हजार २८५ कित्ता र माधव प्रसाद अर्यालले ७१ हजार १८९ कित्ता सेयर बिक्रीमा राखेका छन् । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनु्पर्नेछ ।
यस्तै, समृद्धि फाइनान्सका केही संस्थापक सेयरधनीहरूले ११ लाख ३५ हजार १६१ कित्ता सेयर बिक्रीमा राखेका छन् । फाइनान्सको उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरधनी ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड)ले ३ लाख ६२ हजार कित्ता, स्वाबलम्बन लघुवित्तका संस्थापक सेयरधनीले ८४ हजार ६५ कित्ता सेयर बिक्रीमा राखेका छन् । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । स्वाबलम्बन लघुवित्तको सेयर मूल्य न्यूनतम प्रतिकित्ता ४२५ रुपैयाँ तोकेको छ ।
समता घरेलु लघुवित्तका संस्थापक सेयरधनीले ५ हजार ७९० कित्ता, जीवन विकास लघुवित्तका संस्थापक सेयरधनीले १ लाख ३३ हजार ३०२ कित्ता सेयर बिक्रीमा राखेका छन् । लघुवित्तको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । जीवन विकासको सेयर मूल्य न्यूनतम प्रतिकित्ता ५२५ रुपैयाँदेखि ५३० रुपैयाँ तोकेको छ ।