काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरी ढकालले सरकारले अहिलेसम्म गभर्नर नियुक्त गर्न नसक्नुलज्जाको विषय भएको धारणा राखेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै उनले लामो समय बितिसक्दा पनि सरकारले गभर्नर नियुक्त गर्न नसक्नुअन्तर्राष्ट्रिय रुपमै लज्जास्पद भएको धारणा राखेका हुन् ।
उनले व्यङ्गय गर्दै सरकारलाई भने, ‘दुई गभर्नर बनाउनुहोस्, एउटा बिचौलिया र र्ओ नोटमा हस्ताक्षर गर्ने । यो ३१ महिनामा नोटमा चुनाव चिन्ह राखे पनि हुन्छ । तर, ३१ महिनापछि आम नागरिकले यो सहन्नन् । यो देशको दलीयकरणविरुद् नागरिकक जागरुक भइसकेका छन् ।’
उनले गभर्नर सिफारिस समितिमा मान्छे पाइएन भनेर समय लम्ब्याउने र फेरि तीन महिनापछि आफ्नै मान्छे राखेर बेइज्जत गरेको सुनाए । ‘अब त लाजलाई पनि धेरै नै लाज लागि सकेको छ, नैतिकताको कुरा हराइसक्यो । ऐनको उपेक्षा गरियो । दलले आफ्नो स्वार्थका लागि विभिन्न संरचना प्रयोग गरेको देखियो, यो देख्दा सबै चकित छन्,’ उनले भने ।
गभर्नर नियुक्तिमा नेतृत्वको लागि लज्जास्पद र ऐतिहासिक भूल भएको सुनाए । यसले राष्ट्र बैंकको गरिमा क्षयिकरण हुने उनको भनाइ छ । ‘यसअघि पनि राष्ट्र बैंकमा अर्थमन्त्रीको हस्तक्षेप भएको थियो । त्यसले निजी क्षेत्रमा कस्तो प्रभाव पर्यो ? अर्थतन्त्रमा कस्तो प्रभाव पर्यो ? यो विषयमा हामी सबै जानकार छौं, फेरि हाकाहाकी चुनाव लडेर पराजित भएको मान्छेलाई गभर्नर बनाउने लागेको सुनिएको छ, यसमा हाम्रो आपत्ति छ,’ उनले भने ।