हंगेरी-चीन व्यापारिक सम्बन्ध नयाँ उचाइमा, बीवाईडीको युरोप केन्द्र घोषणा

काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन कम्पनी बीवाईडीले हंगेरीमा युरोपेली केन्द्र स्थापना गर्ने योजना बनाएको छ । कम्पनीका सीईओ तथा अध्यक्ष वाङ छुआनफुले बिहीबार बुडापेस्टमा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराएका हुन् ।

वाङका अनुसार उक्त नयाँ केन्द्रले २ हजार रोजगारी सिर्जना गर्नेछ र यसले तीनवटा प्रमुख कार्य गर्नेछ( बिक्री तथा बिक्रीपछिको सेवा, परीक्षण र कम्पनीका मोडेलहरूको स्थानीयकरणका लागि विकास ।

बीवाईडीले युरोपमा पहिलो कारखाना २०१६ को अप्रिलमा हंगेरीको उत्तरपश्चिमी शहर कोमारोममा स्थापना गरेको थियो, जहाँ विद्युतीय बसहरू निर्माण गरिन्छ । कम्पनीको दोस्रो कारखाना, जहाँ विद्युतीय गाडी उत्पादन गरिनेछ, अहिले निर्माणाधीन अवस्थामा छ ।

दक्षिणपन्थी नेता ओर्बानको नेतृत्वमा हंगेरी चीनका लागि एउटा महत्त्वपूर्ण व्यापारिक तथा लगानी साझेदार बनेको छ, जुन केही अन्य युरोपेली मुलुकहरूको चीनमाथिको निर्भरता घटाउने सोचसँग विपरीत देखिन्छ ।

ओर्बान सन् २०१० मा सत्तामा आएपछि आफ्नो देशलाई बेइजिङ नजिक ल्याउन थालेका थिए । झण्डै एक दशकपछि दुई देशबीचको मैत्रीपूर्ण राजनीतिक सम्बन्ध व्यावसायिक लगानीमा परिणत भएको हो । 

निसानको पतन या पुनर्जागरण ? चुनौतीपूर्ण मोडमा जापानी अटो कम्पनी

टेस्लाभित्रको तलब संघर्षः मस्कका लागि नयाँ प्रस्तावको तयारी गर्दै बोर्ड
 

Share News