ग्लोबल आइएमई बैंक पीसीआई-डीएसएसमा प्रमाणीकरण

काठमाडौं । ग्लोबल आइएमई बैक कार्ड प्रयोगकर्ताको डाटा सुरक्षास्तर प्रमाणीकरण गर्ने पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटी स्टाण्डर्ड प्रमाणीकरण भएको छ। नेटवर्क इन्टेलिजेन्सबाट पीसीआई-डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित भएको हो ।

नेटवर्क इन्टेलिजेन्स पीसीआई सेक्युरिटि स्टाण्डर्डस् काउन्सिलबाट मान्यता प्राप्त क्वालिफाइड सेक्युरिटी असेसर (क्यूएसए) हो । यो निजी संस्थाले कार्डको सुरक्षासम्बन्धी विषयहरू मूल्याङ्कन गर्ने गर्दछ। 

नेटवर्क इन्टेलिजेन्सबाट कार्डको सुरक्षासम्बन्धी मूल्याङ्कन र पीसीआई-डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित हुन्छ। बैंकले कार्ड प्रयोगकर्ताहरूको डाटाको सुरक्षा सुनिश्चितताको लागि प्रणालीगत र संस्थागत रुपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको छ। प्रयोगकर्ताको डाटा सुरक्षामा बैंकले निरन्तर प्रयास जारी राखिनुका साथै आफ्नो प्रतिवद्धतालाई स्वतन्त्र रुपमा प्रमाणित गरेको हो । 

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरुबाट फरक फरक विधामा सम्मानित भएको छ। 

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। 

Share News