२०२५ मा आउँदैछ ठूलो आर्थिक संकट : रोबर्ट कियोसाकीले दिए चेतावनी

काठमाडौं । प्रशिद्ध लेखक रोबर्ट कियोसाकीले फेरि एक पटक चेतावनी दिएका छन् । उनका अनुसार यस वर्ष अर्थात् २०२५ मा ठूलो आर्थिक संकट आउनसक्छ । यस संकटका कारण १.६ ट्रिलियन डलर (करीब २१९.२ लाख करोड रुपैयाँ) एकैचोटि डुब्न सक्छ । तर कियोसाकीले यस संकटबाट कसरी बच्न सकिन्छ भन्ने पनि बताएका छन् ।

कियोसाकीले उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा पोस्ट गरेका छन् । त्यसमा उनले पहिले कसरी आर्थिक संकटहरू आएका थिए भन्ने बताएका छन् । उनले लेखेका छन्, ‘सन् १९९८ मा वाल स्ट्रिटले मिलेर लङ टर्म क्यापिटल म्यानेजमेन्ट (एलटीसीएम) नामक एक हेज फन्डलाई बचाएको थियो । सन् २००८ मा केन्द्रीय बैंकहरूले वाल स्ट्रिटलाई बचाएका थिए । अब सन् २०२५ मा मेरो साथी जिम रिकड्र्स सोध्दैछन् कि केन्द्रीय बैंकहरूलाई को बचाउने ?’

संकट हरेक पटक अझ खतरनाक

कियोसाकीको विश्वास छ कि हरेक पटक संकट अझ खतरनाक बन्दै गएको छ किनभने यसको वास्तविक कारण कहिल्यै ठीक गरी समाधान गरिएको छैन ।

उनका अनुसार यो समस्याको सुरुवात सन् १९७१ मा भएको थियो । त्यो बेला अमेरिकाका राष्ट्रपतिको रूपमा रिचर्ड निक्सनले डलरलाई सुनको मापदण्डबाट हटाएका थिए । कियोसाकीको भनाइमा यसले पैसाको वास्तविक मूल्यलाई समाप्त गर्यो र यहींबाट समस्या सुरु भयो जुन अहिले अझ बढ्दै गएको छ ।

कियोसाकीका साथी र आर्थिक मामिलाका विशेषज्ञ जिम रिकर्ड्स पनि यस कुरामा सहमत छन् । उनीहरूको मान्छन् कि १.६ ट्रिलियन डलरको विद्यार्थी ऋण डुब्न सक्छ र यही अर्को आर्थिक संकटको कारण बन्न सक्छ ।

यस्तो छ बच्ने उपाय

कियोसाकीका अनुसार सरकार वा सेयर बजारबाट तपाईंलाई कुनै सहयोग पाउनु पर्ने छैन । तपाईंले आफै आफ्नो सहायता गर्नुपर्ने हुन्छ । कियोसाकीले मानिसहरूलाई सल्लाह दिन्छन् कि उनीहरूले सुन, चाँदी र बिटकोइनजस्ता वास्तविक सम्पत्ति किनून् । उनका अनुसार यदि आर्थिक रूपमा बलियो रहन चाहनुहुन्छ भने आफै केही गर्नु पर्ने हुन्छ र अरूमा भरोसा गर्नु हुँदैन ।

उनले आफ्नो किताब ‘रिच ड्याड पुअर ड्याड’ मा वित्तीय संकटहरूको विषयमा लेखेका छन् ।

Share News