काठमाडौं । अर्थमन्त्री तथा गभर्नर सिफारिस समितिका संयोजक विष्णु पाैडेलले बैठक बोलाएका छन् । उनले समितिका सदस्यलाई फोन गरेर बैठक बोलाएका हुन् ।
अर्थमन्त्री पौडेलले समितिका सदस्य महाप्रसाद अधिकारी र पोषराज पाण्डेलाई बैठकमा बोलाएका हुन् । समितिका एक सदस्यका अनुसार अर्थमन्त्रीले फोन गरेरै बैठकमा डाकेका हुन् ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । ओली र देउवासँगै अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए । उनीहरूबीच डा. विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति भएको बुझिएको छ ।
समितिको बैठकले आजै गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने सम्भावना छ ।
ओली र देउवाकाे छलफलपछि मन्त्रिपरिगषद् बैठक पनि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएको हाे ।