सुप्रिम सहकारी प्रकरण : रवि र छविका वकिलको बहस सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमा पक्ष–विपक्षका वकिलको बहस सकिएको छ । अब सर्वोच्च अदालतको आदेश प्रतीक्षामा छ ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र जोशीतर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापालगायतका वकिलहरूले बहस गरेका थिए । अब सरकारी वकिलहरूको जवाफी बहस अन्तिम चरणमा पुगेको छ । त्यसपछि जाहेरवालातर्फबाट हुने बहसपछि मात्र आदेश आउनेछ ।

बहस सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा जारी छ । आदेश आजै आउने वा नआउने अहिलेसम्म यकिन छैन ।

रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने र जोशी पुर्पक्षमा थुनामा छन् । यसअघि जिल्ला अदालतले लामिछानेलाई धरौटीमा छाडेको थियो भने उच्च अदालत बुटवलले पुर्पक्षमा पठाएको थियो । यसविरुद्ध उनीहरूले सर्वोच्चमा निवेदन दिएका छन् ।

Share News