ग्वार्को फ्लाइओभर निर्माण अन्तिम चरणमा, जेठ मसान्तभित्र सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले जेठ १५ भित्रै काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको जनाएको छ । आयोजनाले फ्लाइओभर जेठ मसान्तभित्र सवारीसाधन चलाउन मिल्ने गरी काम भइरहेको जानकारी दिएको छ । 

यसै क्रममा आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले फ्लाइओभरको स्थलगत निरीक्षण गरेका छन् । उनले कामको प्रगति र गुणस्तरबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ । फ्लाइओभर सञ्चालनमा आएपछि ललितपुरको ग्वार्को क्षेत्रमा देखिएको ट्राफिक जाम न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

Share News