अब बैंकले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात राख्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वपर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले आइतबार समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । 

यसअघि ७० प्रतिशत राख्नुपर्ने व्यवस्था थियो ।  

‘विद्यमान अनिवार्य नगद मौज्दात र वैधानिक तरलतासम्बन्धी अनुपातलाई यथावत राखिएको छ । वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय यस बैंकले खुला बजार कारोबार उपकरणहरुमा गरेको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने छ,’ समीक्षामा भनिएको छ । 
 

Share News