काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंकदर र नीतिगत दरलाई यथावत राख्ने निर्णय गरेको छ । राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै बैंकदर र नीतिगत दर सम्बन्धी पुरानै व्यवस्थालाई निरन्तरता दिएको हो ।
‘नीतिगत दरलाई विद्यमान ५.० प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ,’ समीक्षामा भनिएको छ ।