एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय आफ्नै भवनमा स्थानान्तरण, कमलादीबाट सेवा सुरु

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो कर्पोरेट कार्यालय कमलादी, काठमाडौं–२८ स्थित नवनिर्मित आफ्नै भवनमा स्थानान्तरण गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालको प्रमुख आतिथ्यमा जेठ १० गते वैदिक सनातन विधिअनुसार पूजा-अर्चना गरी उक्त भवनको समुद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी यसअघि थापाथलीस्थित ट्रेड टावरमा रहेको कर्पोरेट कार्यालय कमलादीमा सारिएको हो । अबदेखि प्रमुख कार्यकारी अधिकृत, अन्य कार्यकारी अधिकृतहरू तथा विभिन्न विभागहरू यही भवनबाट सेवा प्रवाह गर्नेछन् ।

कार्यालय स्थानान्तरणसँगै ग्राहकहरू र सरोकारवालाहरूले बैंकका सम्पूर्ण सेवा तथा सुविधाहरू अझ सहज रूपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

Share News