राप्ती हाइड्रोले असार १ गतेदेखि १ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले असार १ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी ६१ करोड २७ लाख ९३ हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको हो । 

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अकित मूल्य दरका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद निष्काशन कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड ५५ लाख ८६ हजार रुपैयाँ पुग्नेछ ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ ६ गते बुक क्लोज गरेको थियो । त्यसैले जेठ ५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरमा लगानीकर्ताहरूरूे असार २२ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको सेयरमा लगानीकर्ताहरूले बिक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकको बिर्तामोड, विराटनगर, विरगंज, जनकपुर, नारायणगढ, पोखरा, बुटवल, नेपालगंज, बीरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बंक तथा वित्तीय संस्थाबाट र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

 

Share News