महिन्द्र, बीवाइडी र एमजीका नयाँ इलेक्ट्रिक गाडी नेपाली बजारमा, मोबिलिटी एक्स्पोमा टेस्ट ड्राइभको मौका

काठमाडौं । महिन्द्र, बीवाइडी र एमजीले नयाँ ब्राण्डका गाडी नेपाल ल्याएका छन् । यी तीन ब्राण्डका ४ वटा नयाँ मोडेलका गाडीहरू केही दिन अगाडी नेपाली बजारमा आएका हुन् । नयाँ मोडेलका गाडी साउनको २१ देखि सुरु हुने एक्स्पोमा राखिने बताइएको छ । 

चिनियाँ ब्राण्ड बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ गाडी सिलायोन ७ नेपाली बजारमा ल्याएको छ । उक्त मोडेल नाइमा मोबिलिटी एक्स्पोमा राखिनेछ । 

यसैगरी मोबिलिटी एक्स्पोमा महिन्द्राको आधिकारिक बिक्रेता अग्रि इन्कर्पोरेटले महिन्द्राको बीई ६ र एक्सयुभी ९ई एसयुभी गाडी यही साता नेपाल ल्याइएको कम्पनीले जनाएको छ । यी गाडीहरू टेस्ट ड्राइभका लागि ल्याइएको समेत कम्पनीको भनाइ छ । 

दुवै गाडीमा ९९ किलोवाटको मोटर रहेको छ भने एक्स एभी ९ इको एउटा भेरियन्टमा १९९ किलोवाटको मोटर छ । कम्पनीले दुवै एसयुभीमा ५९ किलोवाट तथा ७९ ब्याट्री व्याक उपलब्ध गराएको छ । 

यसैगरी एमजीको विन्डसर विद्युतीय कार (इभी) पनि नेपाली बजारमा आएको छ । एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले यही साता नेपाल भित्रिएको र सरकारले बजेट ल्याएपछि बिक्री थाल्ने जनाएको छ । 

भारतमा उत्पादन भएको उक्त लग्जरी मोडलको इभी एक्साइट, एक्सक्युलुसिभ र एसेन्स भेरियन्टमा उपलब्ध छ । यी नयाँ विद्युतीय कार इभी मा ३८ किलोवाट आवर युनिटको ब्याट्री प्याक जडान गरिएको छ । जसले एक पटको फुल चार्जमा ३३२ किलोमिटर रेन्ज दिन्छ । एक सय किलोवाट मोटर जडान गरिएको गाडीले १३४ बीएचपी र २ सय एनएम टर्कजनेरेट गर्ने कम्पनीले जनाएको छ । 

Share News