काठमाडौं । सरकारले नागढुंगा-नौबिसे र सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि २ अर्ब ६० करोड रुपैयाँ बजेट छुट्याएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेश गर्दै रकम विनियोजन गरेका हुन् ।
उनले दुवै सुरुमार्ग आगामी वर्ष निर्माण सम्पन्न हुने बताए ।