काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा १ खर्ब ५२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सडक र पुल यातायात पूर्वाधार विस्तारमा जोड दिएको घोषणा गरे ।