काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा साझा यातायातका लागि थप १०० वटा विद्युतीय बस उपलब्ध गराउने घोषणा गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
यसअघि पनि सरकारले साझा यातायातलाई सहयोग स्वरूप ४० वटा विद्युतीय बस खरीदका लागि अनुदान दिएको थियो ।