सरकारको लक्ष्य: आगामी वर्ष थप ८५० किलोमिटर सडक कालोपत्रे

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा थप ८५० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै हाल ग्राभेल वा कच्ची अवस्थामा रहेका ८५० किलोमिटर सडकहरू आगामी वर्ष कालोपत्रे गरिने जानकारी दिएका हुन्।

Share News