पृथ्वी राजमार्गको सोताङ खोलाको पुलमा भ्वाङ, सडक आवागमन पूर्णरूपमा बन्द

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-७ स्थित सोताङ खोलाको पुलमा ठूलो भ्वाङ परेपछि नागढुंगा-मुग्लिन सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।

शुक्रबार बिहान पुलको एकतर्फी भाग भासिएर भ्वाङ परेको हो । त्यसपछि काठमाडौं प्रवेश गर्ने र काठमाडौंबाट बाहिरिने सवारी साधन रोकिएका छन् ।

राजमार्ग अवरुद्ध भएपछि दुवै दिशामा सवारी साधनको लामो लाइन लागेको छ। सडक बन्द हुँदा हजारौं यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

Share News