काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा भन्सार दोब्बरले बढाएर ५० प्रतिशत पुर्याउने योजना बनाएको बताएका छन् । जुन विदेशी प्रतिष्पर्धाबाट घरेलु उद्योगलाई थप जोगाउने उद्देश्यले गरिएको कदम भएको बताएका छन् ।
ट्रम्पले पेन्सिलभेनियाको वेस्ट मिफ्लिनमा रहेको अमेरिकी स्टील प्लान्टको भ्रमणको क्रममा यो घोषणा गरे । जहाँ अमेरिकी स्टिल र जापानको निप्पोन स्टिल बीचको १४ अर्ब डलरको साझेदारीको अनावरण गरिएको थियो ।
ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा यो निर्णयको पुष्टि गर्दै नयाँ दर जुन ४ देखि लागू हुने बताए । ट्रम्प प्रशासनले मार्च १२ मा सबै स्टील र एल्युमिनियम आयातमा २५ प्रतिशतको व्यापक कर लगाएको थियो । जसको अमेरिकी अटो उद्योगबाट तीब्र आलोचना भएको थियो । क्यानडाले तुरुन्तै प्रतिशोधात्मक उपायहरू अपनायो ।