काठमाडौं । अमेरिकाले १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा प्रतिबन्धसँग सम्बन्धित आदेशमा हस्ताक्षर गरेको ह्वाइट हाउसले जनाएको छ ।
ती देशमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन् ।
यस्तै, बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलालगायत अन्य सात देशका नागरिकलाई पनि अमेरिका यात्रामा आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ ।
प्रतिबन्ध यही जुन ९ देखि लागु हुने अमेरिकाले जनाएको छ।