काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाईसफायर एस्थेटिक्स प्रालि, कुपोन्डोल, ललितपुरमा विशेष छुटको व्यवस्था गरेको छ ।
सानिमा बैंकका ग्राहकहरूले सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग प्रयोग गरी डिजिटल भुक्तानी गर्दा सफायर एस्थेटिक्सका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
छुटको विस्तृत विवरणे वेबसाईटमा हेर्न सकिने बैंकले जनाएको छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरू तथा १२७ वटा एटीएम सञ्जालहरू सञ्चालनमा रहेका छन् ।