नेपाल बैंकका कर्मचारी र ग्राहकले सुजुकी गाडी खरिदमा विशेष छुट पाउने

काठमाडौं । नेपाल बैंकका कर्मचारी र ग्राहकले सुजुकी गाडी खरिदमा विशेष छुट पाउने भएका छन् ।

बिहीबार नेपाल बैंक र सुजुकी गाडीको अधिकृत विक्रेता नान्सी अटोमोबाइल्सबीच छुट खरिदसम्बन्धी सम्झौता भएको हो । 

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र नान्सी अटोमोबाइल्सको तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाहले हस्ताक्षर गरे ।

सम्झौताबमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारी र ग्राहकले नान्सी अटोमोबाइल्सबाट सुजुकी ब्रान्डका विभिन्न मोडेलका गाडी खरिद गर्दा कम्पनीले प्रदान गरेको छुटबाहेक तीस हजारदेखि एक लाख पचहत्तर हजारसम्म छुट पाउनेछन्।

Share News