कियोसाकी भन्छन्– चाँदीमा लगानी गर्नूहोस्, यो वर्ष मूल्य दोब्बर हुन्छ

काठमाडौं । रोबर्ट कियोसाकी ‘रिच ड्याड पुअर ड्याड’ किताबका लेखक हुन् । उनले लगानीकर्ताहरूलाई बेलाबेलामा चेतावनी दिँदै आएका छन् । उनले हालै भनेका छन् कि ‘नक्कली पैसा’ बचाउन छोड । 

कियोसाकी चाहन्छन् कि मानिसहरूले चाँदी, सुन र बिटकोइनमा लगानी गरून् ।  यस वर्ष चाँदीको मूल्य दोब्बर हुन सक्ने उनको विश्वास छ ।

कियोसाकीले धेरै वर्षदेखि सुन, चाँदी र बिटकोइन किन्ने सल्लाह दिँदै आएका छन् । चाँदीको मूल्य अहिले ३५ डलर प्रति औंस पुगेको छ । उनको भनाइमा चाँदी अहिले सबैभन्दा राम्रो डिल हो । उनलाई लाग्छ, चाँदीको मूल्य दोब्बर भएर यसै वर्ष ७० डलर प्रति औंस पुग्न सक्छ ।

चाँदी राम्रो लगानी

कियोसाकी लामो समयदेखि चाँदीलाई एक उत्कृष्ट लगानीका रूपमा हेर्छन् । यो सुन वा बिटकोइनभन्दा सस्तो छ । चाँदी अझै पनि आफ्नो ऐतिहासिक उच्च मूल्यभन्दा धेरै तल छ । उनले अप्रिलमा चाँदीलाई ुआजको सबैभन्दा राम्रो लगानीु भनेका थिए । त्यसबेला उनले भविष्यवाणी गरेका थिए कि २०२५ मा चाँदी ७० डलर प्रति औंस पुग्नेछ । तर, शुक्रबारको पोस्टमा उनले यो समयसीमा झन् छोटो बनाएका छन् । उनका अनुसार यो धातुको मूल्य यसै वर्षको अन्त्यसम्म दोब्बर हुन सक्छ ।

के हो ‘नक्कली पैसा’?

चाँदी अझै पनि कियोसाकीको पहिलो रोजाइमा छ । उनले यस हप्ताको सुरुमा लेखेका थिए, 'राम्रो खबर यो हो कि चाँदी अझै पनि आफ्नो उच्च मूल्यभन्दा ६० प्रतिशत तल छ । यो अझै पनि करिब ३५ डलरमा छ । जबकि सुन र बिटकोइन भने आफ्ना उच्चतम मूल्यहरूमा छन् वा नजिक छन् ।'

कियोसाकी ‘नक्कली पैसा’ लाई अस्वीकार गर्छन् । उनी कागजी मुद्रालाई ‘नक्कली पैसा’ भन्छन् । उनी मानिसहरूलाई आफ्ना बचतलाई सुन, चाँदी र बिटकोइनजस्ता सम्पत्तिमा रूपान्तरण गर्न आग्रह गर्छन् । 

Share News