काठमाडौं । हिमालयन हाइड्रोपावरको संस्थापक सेयरको लकइन अवधि सकिने भएको छ । कम्पनीको संस्थापक, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीको स्वामित्वमा रहेको सेयरको लकइन अवधि असार २७ गते सकिने भएको हो ।
कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ८७ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको स्वामित्वमा रहेको २ लाख ८१ हजार ७५० कित्ता र कर्मचारीहरूलाई सुरक्षित गरिएको ३९ हजार ३६५ कित्ता गरी कुल ९० लाख २१ हजार ११५ कित्ता सेयरको अवधि सकिने भएको हो । लकइन अवधि सकिएपछि सर्वसाधारण सेयर सरह उक्त सेयर दोस्रो बजारमा कारोबारमा आउने छ ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृत लिई कम्पनीले सार्वजनिक निस्काशनपश्चात् विसं २०७९ असार २८ गते सेयर बाँडफाँट गरेको थियो । सेयर बाँडफाँटपछि ३ वर्षको लागि कारोवार रोक्का गर्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार कम्पनीको सेयर लकइन सकिन लागेको हो ।