ज्योति विकास बैंकका ग्राहकका लागि होटल मारकोपोलोमा छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई काठमाडौंको हात्तिसारस्थित होटल मारकोपोलोमा छुट दिने समझदारी गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले होटलको रेस्टुरेन्ट सेवा तथा रूम चार्जमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै बैंकले विभिन्न क्षेत्रका व्यवसायहरूसँग सहकार्य गर्दै छुट तथा सुविधाहरू प्रदान गर्ने रणनीति अघि बढाएको छ ।

यसअघि पनि बैंकले ललितपुरको ‘बेक्ड एन्ड सर्भ’ मा १२ प्रतिशतसम्म, काठमाडौंको ‘भ्यू थ्री हन्ड्रेड सिक्स्टी डिग्री रिसोर्ट’ र ललितपुरको ‘प्याराडाइज हिल्स’ मा १० प्रतिशतसम्म छुट दिने समझौता गरिसकेको छ ।

ज्योति विकास बैंकले ग्राहक अनुभवलाई समृद्ध बनाउने उद्देश्यका साथ यस्ता सहकार्यहरूलाई निरन्तरता दिने जनाएको छ ।

Share News