काठमाडौं । हिमालयन बैंकले शाखा सञ्जाल पुनःसंरचना गर्दै, लम्जुङ्गको गौंडा शाखालाई स्थानान्तरण गरी दूधपोखरी गाउँपालिका-५, जोर्नेमा दूधपोखरी शाखा नामबाट बैंकिङ सेवा सुरु गरेको छ । नयाँ शाखा जेठ २६ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
शाखाको उद्घाटन कार्यक्रम दूधपोखरी गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा बैंकका कर्मचारी तथा विभिन्न अतिथि व्यक्तिहरूको उपस्थिति रहेको थियो ।