काठमाडौं । भारतको अहमदाबादमा एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्तमा परेको छ । गुजरात राज्यको अहमदाबादमा एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको बताइएको छ ।
विमानमा २४२ जना यात्रु रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन् । तर, पुष्टि हुन बाँकी छ।
अहमदाबादको अग्नि नियन्त्रण विभागले दुर्घटनास्थलमा दमकलहरू पठाइएको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ।