काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि निर्माण गर्न लागिएको मौद्रिक नीतिका सन्दर्भमा सार्वजनिक सुझाव आह्वान गरेको छ ।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना जारी गर्दै मौद्रिक नीतिका लागि सबै सरोकारवाला, विज्ञ, संघसंस्था र आम नागरिकहरूलाई आफ्ना सुझाव पठाउन अनुरोध गरेको हो ।
बैंकले विगतका वर्षहरूमा झैं यस वर्षको मौद्रिक नीति निर्माण प्रक्रिया अघि बढाउँदै विभिन्न पक्षका राय, सुझाव संकलन गर्न लागेको हो ।
बैंकले मौद्रिक नीतिलाई यथासम्भव सहभागी र समावेशी बनाउन सुझाव संकलन गर्न लागेको जनाएको छ ।
यसका लागि इच्छुक व्यक्तिहरूले आफ्ना सुझावहरू २०८२ असार १० गतेभित्र [email protected] मा इमेलमार्फत पठाउन सक्ने बैंकले जनाएको छ।