काठमाडौं । अहिलेको समयमा हवाई यात्रा विलासिता होइन, आवश्यक भएको छ । वैश्विक जडानका लागि हवाई यात्रा अत्यन्तै आवश्यक छ । यसले लामो दूरी चाँडै पार गर्न सहयोग गर्नुका साथै व्यापार र पर्यटनलाई समेत प्रोत्साहन दिन्छ । गत बिहीबार अहमदाबाददेखि लन्डन जाँदै गरेको एयर इन्डियाको विमान दुर्घटना भएपछि मानिसहरूले अहिले एयरलाइन्स छान्दा सुरक्षालाई नै बढी प्राथमिकता दिन थालेका छन् ।
हवाई यात्रा गर्दा यात्रुले राम्रो अनुभव पाउन आराम र सुविधा चाहिन्छ । तर त्यसभन्दा महत्त्वपूर्ण कुरा विमान र यात्रुको सुरक्षा हो । एयरलाइन सञ्चालन गर्ने कम्पनीको यो सबैभन्दा ठूलो जिम्मेवारी हो । विश्वका एयरलाइन्सको सुरक्षा र सेवा गुणस्तरको मूल्याङ्कन गर्ने एक वेबसाइट छ- एयरलाइनरेटिङ्ग डट कम । यसको दाबी अनुसार यो क्षेत्रमा हरेक वर्ष केही मापदण्डका आधारमा एयरलाइन्सलाई रेटिङ गर्ने एकमात्र साइट हो । हामी यहाँ वर्ष २०२५ को रेटिङबारे जानकारी दिँदैछौं ।
रेटिङ कसरी गरिन्छ ?
एभियसन क्षेत्रमा दुई प्रकारका सेवा हुने गर्छन्- एक फुल(सर्भिस एयरलाइन्स र अर्को लो- कस्ट वा बजेट एयरलाइन्स । एयरलाइनरेटिङ्ग डट कमका अनुसार यी एयरलाइन्सको हरेक वर्ष मूल्याङ्कन गरिन्छ । यसमा हेरिन्छ- पछिल्ला दुई वर्षमा कुनै ठूलो घटना भए वा भएनन्, दुर्घटना दर कस्तो छ, कम्पनी कति नाफामा छ, आईओएसए प्रमाणपत्र छ कि छैन, आईसीएओ देशको अडिट पास छ कि छैन, पाइलट कति दक्ष छन् र उनीहरूको तालिम कस्तो छ लगायतका कुरामा ध्यान दिइन्छ ।
२०२५ का लागि टप १० फुल-सर्भिस एयरलाइन्स:
एयरलाइनरेटिङ्ग डट कमले सन् २०२५ का लागि सबैभन्दा सुरक्षित फुल-सर्भिस एयरलाइन्सको सूची सार्वजनिक गरेको छ । यो सूची ३८५ एयरलाइन्स मध्येबाट बनाइएको हो । टप १० फुल(सर्भिस एयरलाइन्स यस्ता छन् :
एयर न्यूजिल्याण्ड
क्वान्टास
क्याथे प्यासिफिक
कतार एयरवेज
एमिरेट्स
भर्जिन अष्ट्रेलिया
एतिहाद एयरवेज
एएनए
ईभीए एयर
कोरियन एयर
अलास्का एयरलाइन्स
टर्किश एयरलाइन्स
विश्वका सबैभन्दा सुरक्षित लो-कस्ट एयरलाइन्सको सूची पनि सार्वजनिक भएको छ ।
एचके एक्सप्रेस
जेटस्टार ग्रुप
रायनएयर
ईजीजेट
फ्रन्टियर एयरलाइन्स
एयर एशिया
विज एयर
वियतजेट एयर
साउथवेस्ट एयरलाइन्स
वोलारिस
फुल-सर्भिस एयरलाइन्स भन्नाले के बुझिन्छ ?
यात्रा गर्दा आवश्यक सम्पूर्ण सुविधा उपलब्ध हुने एयरलाइन्सलाई फुल-सर्भिस एयरलाइन्स भनिन्छ । एयर इन्डिया, कतार एयरवेज, एमिरेट्स, सिंगापुर एयरलाइन्स आदि यस श्रेणीमा पर्छन् ।
लो-कस्ट एयरलाइन्स भन्नाले के बुझिन्छ ?
लो-कस्ट एयरलाइन्स भन्नाले कम भाडामा हवाई यात्रा गराउने कम्पनीहरूलाई जनाइन्छ । यी कम्पनीहरूले टिकटको मूल्य सस्तो राख्छन् तर केही सेवामा कटौती गर्छन् । आवश्यक भएमा ती सेवा थप शुल्क तिरेर मात्र पाउन सकिन्छ ।
अहमदाबाद हवाई दुर्घटनापछि ‘११ ए’ सिटका लागि यात्रीहरू थप पैसा तिर्न तयार
टेकअफको क्रममै हुन्छन् धेरै विमान दुर्घटना, ६ वर्षमा ८१३ दुर्घटना हुँदा १५०० भन्दा बढीको मृत्यु