इजरायल र इरानबीचको संघर्षमा अहिलेसम्म के-के भयो ?

इरानका सवोच्च नेता आयतुल्लाह अली खामनेई र इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहू । फाइल तस्बिर

काठमाडौं । इजरायलले जुन १३ मा इरानको ‘परमाणु कार्यक्रम’सँग सम्बन्धित विभिन्न ठाँउहरूमा आक्रमण गरेको थियो । त्यसयता दुवै देशबीच पाँच दिनदेखि संघर्ष जारी छ ।

सोमबार राति इरानको सरकारी टेलिभिजन च्यानल इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कले इजरायलले आफूहरूलाई आक्रमण गरेको जनाएको थियो ।

हालै मध्यपूर्वमा इरान र इजरायलबीच सशस्त्र झडप तीव्र बनेपछि क्षेत्रीय तथा विश्व शक्तिहरू चिन्तित छन् ।

क्षेत्रीय विश्लेषकहरूका अनुसार यदि इरान र इजरायलबीच तनाव अझ बढेमा सम्पूर्ण मध्यपूर्व अस्थिर हुन सक्ने र विश्व ऊर्जा बजारमा समेत नकारात्मक असर पर्न सक्ने अनुमान छ ।

अहिलेसम्म दुवै देशबीच के-के भयो ?

इरान र इसरायलले सोमबार राति र मंगलबार बिहान पनि एकअर्कामाथि आक्रमण गरेका छन्, यद्यपि येरुशलममा रहेका हाम्रो बीबीसी पत्रकार ह्यूगो बाशेगाका अनुसार पछिल्ला रातहरूको तुलनामा यस पटक केही शान्त देखिएको छ ।

इजरायली सेनाले सोमबार राति गरेको हवाई आक्रमणमा इरानका वरिष्ठ सैनिक कमाण्डर अली शादमानीलाई मारिएको दाबी गरेको छ । साथै इजरायलले इरानले आज बिहान (मंगलबार) इजरायलतिर ३० वटा मिसाइल प्रहार गरेको जनाएको छ ।

तेहरानका स्थानीयहरूले जनाए अनुसार चेतावनीपछि सडकहरूमा ठूलो जाम लागेको छ र पेट्रोल पम्पहरूमा कैयौं किलोमिटर लाम लागिरहेको छ ।

ट्रम्पले भनेका छन् कि इरानसँग ‘परमाणु हतियार हुन सक्दैन ।’ तेहरानबाट मानिसहरूलाई बाहिर जान गरेको आफ्नो अपिलबारे उनले भने, ‘म सिर्फ चाहन्छु कि मानिसहरू सुरक्षित रहून् ।’

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ कि गाजामा इजरायली सैनिकहरूको गोलीबारीका कारण सहायता वितरण केन्द्रहरू नजिकै कम्तीमा ४५ जनाको मृत्यु भएको छ । आईडीएफले घटनाको समीक्षा भइरहेको जनाएको छ ।
 

Share News