दरबारमार्गमा जे एण्ड कोको नयाँ लक्जरी स्टोर, नेपालमा पहिलो पटक अर्मानी

काठमाडौं । नेपालको लक्जरी खुद्रा बजारमा नयाँ अध्याय सुरु भएको छ । अग्रणी लक्जरी रिटेलर जे एण्ड कोले काठमाडौंको दरबारमार्गमा आफ्नो नयाँ फ्ल्यागशिप स्टोर भव्य समारोहका बीच उद्घाटन गरेको हो । 

यससँगै नेपालमा पहिलो पटक विश्वप्रसिद्ध इटालियन फेसन ब्रान्ड एम्पेरियो अर्मानीको औपचारिक प्रवेश भएको छ भने प्रतिष्ठित स्विस ब्रान्ड बालीलाई नयाँ अवधारणासहित पुनः लन्च गरिएको छ ।

null

उद्घाटन कार्यक्रममा ख्यातिप्राप्त उद्योगपति राजेन्द्र खेतान र आइरा झुनझुनवालाको उपस्थिति थियो ।

दरबारमार्गको मुटुमा अवस्थित यस आधुनिक स्टोरले अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड तथा सेवाहरू नेपाली ग्राहकसमक्ष ल्याउने जे एण्ड कोको प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ । 

सुन्दर इन्टेरियर, सुव्यवस्थित डिस्प्ले र उत्कृष्ट ग्राहक सेवा सुविधासहितको यो बुटिकले उच्चस्तरीय किनमेल अनुभव दिने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

null

जे एण्ड कोका प्रबन्ध निर्देशक पंकज झुनझुनवाला भन्छन्, ‘यो विस्तारसँगै हामी नेपालको फेसन बजारमा नयाँ आयाम थप्दैछौं । एम्पोरियो अरमानी ले इटालियन फेसनको शालीनता र सहरी आकर्षण ल्याउँछ भने बालीले आफ्नो समृद्ध स्विस इतिहासलाई आधुनिक डिजाइनसँग समायोजन गरी फर्किएको छ । यी ब्रान्डहरूलाई एउटै छानामुनि नेपाली ग्राहकसमक्ष ल्याउन पाउँदा हामी गौरवान्वित छौं ।

null

नेपालमा पहिलो पटक भित्रिएको एम्पोरियो अरमानीले परिष्कृत डिजाइन, न्यूनतावाद र आधुनिक सहरी फेसनलाई नेपाली युवापुस्ताको लागि सजिलै उपलब्ध गराउनेछ । त्यसैगरी, बाली ले आफ्नो हस्तकला परम्परा र स्विस उत्कृष्टतालाई नयाँ डिजाइन दृष्टिकोणमा पुनः प्रस्तुत गर्दै लक्जरी सौन्दर्यमा नयाँ युगको संकेत दिएको छ ।

उद्घाटन समारोहमा फेसन, व्यापार र जीवनशैली क्षेत्रका चर्चित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। यसले जे एण्ड को लाई नेपालको लक्जरी खुद्रा बजारमा ट्रेन्डसेटरको रूपमा थप सुदृढ पारेको छ।

जे एण्ड को नेपालमा लक्जरी खुद्रा व्यापारको अग्रणी नाम हो । यसले विश्वप्रसिद्ध घडी, फेसन र जीवनशैली ब्रान्डहरू नेपाली बजारमा ल्याउँदै आएको छ।

null

Share News