काठमाडौं । काठमाडौं उपत्यकाको व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘फ्लाई ओभरको उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एक समारोहबीच फ्लाई ओभरको उद्घाटन गरेका हुन् ।
चक्रपथमा सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारले ग्वार्को चोकमा ओभरपास निर्माण गरेको हो ।
चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलङ्कीसम्म जाम हुने तीन क्षेत्रमध्ये ग्वार्को चोकमा पहिलो ओभरपास निर्माण भएको हो ।
६ मिटर उचाइ र ४ सय ५५ मिटरको लम्बाइ हुने ओभरपासमा ग्राउन्ड क्लियरेन्स ६ मिटर तथा सवारी साधन चढ्नका लागि १ सय ८० मिटर दायाँतर्फ र १ सय १० मिटर बायाँतर्फ र्याम्प निर्माण भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब जामको समस्या कम हुने अपेक्षा लिएको बताए । उनले देशले विकासमा फड्को मारिरहेको पनि बताए ।
कार्यक्रममा निर्माण कम्पनी समानान्तर ग्रुपलाई सम्मान पनि गरिएको छ ।