काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीकी सांसद सुमना श्रेष्ठले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउन माग गरेकी छन् । शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले अहिलेसम्म जनताको माग राखेर आन्दोलन गर्दा सदनमा जनताको आवाज नसुनिएको बताइन् । सरकारले संसदीय छानबिन समिति, उच्चस्तरीय छानबिन आयोग किन नबनाएको भन्दै प्रश्न गरिन् । जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने ? भन्ने उनको प्रश्न छ । सरकार निर्बलको लागि हो की शक्तिशालीहरुको भन्दै प्रश्न गरिन् ।
‘हामीले यो सदनमा यत्तिका दिनसम्म जनताको माग राखेर उभिरहेका छौँ । तर अहिलेसम्म पनि सरकारले संसदीय छानबिन समिति, उच्चस्तरीय छानबिन आयोग बनाउँछु भनेर कतै पनि जनताको आवाजको सुनुवाई गरेको छैन । जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने ? हाम्रो लोकतन्त्रको अभ्यास यही होइन । जनताको आावज यहाँ बोलिन्छ, यहाँ सुनुवाई हुन्छ । सरकार कसको लागि ? निर्बल दुर्बलको लागि की शक्ति भएकाहरुको लागि ? कहिलेसम्म हाम्रा युवाहरु देश छोडेर बाहिरिने ? एक करोड खर्च गरेर अमेरिका जान तयार हुन्छन्, एक वर्ष लगाएर किन ? त्यसमा पोलिसी रिफर्म गर्न पर्दैन ?’, उनले भनिन् ।
सांसद श्रेष्ठले भिजिट भिसाबाटै रसिया, खाडी मुलुकमा नेपालीहरू जाने गरेको बताइन् ।