विदेश पढ्न चाहने विद्यार्थीका लागि मुक्तिनाथ बैंकको सहज शुल्क भुक्तानी सेवा सुरु

काठमाडौं । विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने नेपाली विद्यार्थीका लागि मुक्तिनाथ विकास बैंकले सहज शुल्क भुक्तानी सेवा सुरु गरेको छ । बैंकले एक्सपर्ट एजुकेसन तथा भिसा सर्भिस महाराजगंजसँगको सहकार्यमा भिसा तथा शैक्षिक शुल्क भुक्तानीसम्बन्धी सेवा सुरु गरेको हो ।

यस सेवाबाट भिसा शुल्क, स्याट, सेभीज शुल्क, पीटीइ परीक्षा शुल्क, एप्लिकेसन शुल्क, जीम्याट लगायतका विभिन्न शैक्षिक शुल्कहरू मुक्तिनाथ विकास बैंकमार्फत सजिलै तिर्न सकिनेछ ।

हाललाई यो सेवा बैंकको महाराजगंज र कमलादी शाखाबाट उपलब्ध छ । सेवा विस्तार क्रमशः अन्य शाखाहरूमा पनि गरिने जानकारी बैंकले दिएको छ ।

विद्यार्थी र अभिभावकका लागि विदेश अध्ययनको प्रक्रियामा लाग्ने शुल्क भुक्तानीलाई सुरक्षित, छरितो र सुविधाजनक बनाउने उद्देश्यले सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

Share News