युद्ध समाप्त गर्ने ट्रम्पको घोषणा इरानले गर्‍यो अस्वीकार

काठमाडौं । एक वरिष्ठ इरानी अधिकारीले सीएनएनलाई बताएअनुसार तेहरानले संयुक्त राज्य अमेरिकाबाट युद्धविरामको कुनै औपचारिक प्रस्ताव प्राप्त नगरेको बताएका छन् । 

इजरायल वा वाशिंगटनसँग शत्रुता रोक्ने कुनै कारण नदेखेको उनको भनाइ छ । विवादास्पद कामले कुनैपनि सम्भावित युद्धविरामको कार्यान्वयन र स्थायित्वको बारेमा प्रश्न उठाएको उनको भनाइ छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार साँझ घोषणा इजरायल र इरान पूर्ण युद्धविराम लागू गर्न औपचारिक सम्झौतामा पुगेका घोषणा गरेका थिए । जसलाई उनले १२–दिने युद्धको अन्त्य रुपमा वर्णन गरेका छन् । 
 

Share News