बाइल्याटरल ऋण लिन बन्द गर्नुपर्छ : पूर्वअर्थमन्त्री महत

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेका सांसद डा. प्रकाशशरण महतले अहिलेकै तरिकाबाट दुई पक्षीय ऋणहरु लिन नहुने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

अहिलेको तरिकाबाट लिइरहेको बाइल्याटरल ऋणले नेपाललाई फाइदा गर्न नसकेको जिकिर गरे । नेपालले उदार र महंगो दरमा ऋणहरु लिन नहुने उनको भनाइ छ । बाइल्याटरल ऋणका शर्तहरु नसुहाउँदो रहेको भन्दै उनीहरुकै ठेकदार र उनीहरुलाई छोटो समयमै फिर्ता दिनुपर्ने महंगो ब्याजको ऋण लिन बन्द गर्नुपर्ने बताए । उनले बहुपक्षीय ऋण नेपालले लिएर आफ्नो आवश्यकताका आधारमा लगानी गर्नसक्ने स्थिति निर्माण गर्नुपर्ने बताए । आफू आन्तरिक ऋण बढाउनै हुँदैन भन्ने पक्षमा नरहेको पनि स्पष्ट पारे । 

पूर्वअर्थमन्त्री महतले भने, ‘बाइल्याटरल ऋण जसरी हामी लिइरहेका छौँ, त्यसले हामीलाई फाइदा दिइरहेको छैन । बाइल्याटरल ऋण यही तरिकाबाट लिन बन्द गर्नुपर्छ । बाइल्याटरल ऋणका जुन तमाम शर्तहरु छन्, उनीहरुकै सामान, उनीहरुले ठेकदार र त्यसमाथि सर्ट टर्ममै रिटेन गर्नुपर्ने र हाइ इन्ट्रेस्ट रेट । कि त हामीले मल्टील्याटरल एजेन्सीबाट जसरी लिन्छौँ त्यो शर्त स्वीकार गर्नुपर्छ । होइन भने हामी बाइल्याटरल ऋण डिस्करेज गर्नुपर्छ ।’

पूर्वअर्थमन्त्री महतले रिसोर्स बिनाको अनफण्डेट अधिकार खोलिरहेको बताए । उनले जलवायु वित्त पनि नेपालले न्युन पाइरहेको बताए । नेपालसँग पर्याप्त वन क्षेत्र रहेको बताए । बजेट धेरै विकृत भएको बताउँदै शुन्यबाट पुनः निर्माण शुरु गर्न जरुरी रहेको जानकारी दिए ।
 

Share News