एमाले स्थायी समिति सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सिनाको निलम्बन फुकुवा

काठमाडौं । नेकपा (एमाले)ले स्थायी समिति सदस्य डा.विन्दा पाण्डे र केन्द्रिय सदस्य उषाकिरण तिम्सिनाको निलम्वन फुकुवा गरेको छ । 

बुधवार च्यासलस्थित पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रिय सचिवालय बैठकले पाण्डे र तिमल्सेना निलम्वन फुकुवा गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

भाटभटेनी डिपार्टमेन्टका सञ्चालक मीनबहादुर गुरुङसँग १० रोपनी जग्गा चन्दा लिएर पार्टी कार्यालय बनाउने निर्णयको विरोध गर्दै पाण्डे र तिम्सिनाले सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । सोही कारण एमालेले दुवैलाई ६ महिनाका लागि निलम्बन गरेको थियो । 

उपमहासचिव ज्ञवालीका अनुसार बैठकले आसन्न विधान महाधिवेशन गोदावरीमा गर्ने निर्णय पनि गरेको छ । 

महाधिवेशनको तयारीका लागि केन्द्रीय कमिटीको बैठक आगामी साउन ५ गते काठमाडौंमा बोलाउने निर्णय समेत बैठकले गरेको ज्ञवालीले जानकारी दिए ।

Share News