हङकङको कुल वस्तु निर्यात र आयातमा पहिलो ५ महिनामा दोहोरो अंकको वृद्धि

काठमाडौं । हङकङमा २०२५ को पहिलो पाँच महिनामा वस्तुहरूको कुल निर्यातको मूल्यमा वार्षिक रूपमा १२.६ प्रतिशतले वृद्धि भएको छ । 

वस्तुहरूको आयातको मूल्यमा वार्षिक रूपमा १२.९ प्रतिशतले वृद्धि भएको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले जनाएको छ । 

सरकारको जनगणना र तथ्याङ्क विभागले जारी गरेको पछिल्लो वाह्य व्यापारिक तथ्याङ्कअनुसार मे २०२५ मा हङकङको निर्यात र आयातको कुल मूल्यमा क्रमशः १५.५ प्रतिशत र १८.९ प्रतिशतले वृद्धि भएको छ । 

Share News