महालक्ष्मी विकास बैंकको दुई वटा शाखा स्थानान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंकका दुई शाखा कार्यालय स्थानान्तरण गरिएको छ । बैंकको मसुरिया र हेटौंडा शाखा कार्यालय स्थानान्तरण गरिएको हो । 

बैंकको कैलालीको गौरीगंगा नगरपालिका-८ मसुरिया स्थित शाखा साविकको घरबाट १ सय मिटर पश्चिमतर्फ स्थानान्तरण गरिएको जनाएको छ । 

बैंकका अनुसार मकवानपुर हेटौंडा उप महानगरपालिका-१० मेनरोडस्थित शाखा हेटौंडा उप महानगरपालिका-४ साविकको स्थानबाट २५ मिटर पूर्वतर्फ स्थानान्तरण गरिएको हो ।

असार १५ गते आइतबारदेखि शाखा स्थानान्तरण गरिएको हुँदा बैंकिङ कारोबार सेवा स्थानान्तरण भएको ठाउँबाट प्रदान गरिने बैंकले जनाएको छ । 

Share News