काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल प्रहरी प्रधान कार्यालय, नक्साललाई र्याफ्ट बोट र उद्धार सामग्रीहरू प्रदान गरेको छ ।
बैंकका अध्यक्ष जयती बन्सलले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहलाई औपचारिक रूपमा ती सामग्रीहरू हस्तान्तरण गरे ।
कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, सञ्चालक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख जोखिम अधिकृत विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल तथा नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो ।
बैंकले प्राकृतिक विपद् न्यूनीकरण र व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम समय–समयमा सञ्चालन गर्दै आएको जनाएको छ ।