ग्लोबल आइएमई बैंकका १० वटा एटिएम मेसिन बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले पुराना एटिएम मेसिन बिक्री गर्ने भएको छ । बैंकले विभिन्न ठाउँमा रहेका पुराना १० वटा एटिएम मेसिन बिक्रीमा राखेको जनाएको छ । 

बैंकको कमलादी स्थित कार्यालय परिसरमा रहेका ७ थान, अनामनगर स्थित गोदाममा रहेका २ थान र अनामनगर शाखा कार्यालयमा रहेको १ थान गरी कुल १० थान पुराना एटिएम मेसिन बिक्रीमा राखेको हो । 

एटिएम मेसिनहरू जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने बैंकले जनाएको छ । सो मेसिनहरू खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले ७ दिनभित्र बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बैंकमा निहीत रहने जनाएको छ । 

Share News