एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

काठमाडौं । एमएडब्लू वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक, विद्युतीय सवारी साधन ९ईभी० मा केन्द्रित सर्भिस सेन्टर सञ्चालन गर्ने भएको छ ।

ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स सर्भिसलाई अझ सशक्त बनाउने उद्देश्यले सर्भिस सेन्टर सञ्चालनमा ल्याउन लागिएको एमएडब्लु वृद्धिले जनाएको छ।

रणनीतिक रूपमा शहरका प्रमुख स्थानहरूमा स्थापना हुने यी सर्भिस सेन्टरहरूले एमएडब्लूका ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञस्तरको सेवा प्रदान गर्ने विश्वास लिइएको छ ।

डीपल, डोङ्गफेङ्ग र सेरेस ब्रान्डका विद्युतीय सवारीसाधनहरूका लागि मात्र यो सर्भिस सेन्टर समर्पति हुने जनाइएको छ ।

सर्भिस सेन्टरमा २५ वटा विशेष सर्भिस बेहरू रहनेछन् जसले धेरै संख्याका गाडीहरूलाई एकैपटक सजिलो, सूक्ष्म र दक्ष रूपमा मर्मत गर्न सक्ने क्षमता राख्नेछन्। 

एक्स्पर्ट केयरका लागि यी नयाँ केन्द्रहरू एमएडब्लूका दोस्रो र तेस्रो ईभी डेडीकेटेड सर्भिस वर्कशप हुनेछन् । यस विस्तारसँगै एमएडब्लू वृद्धिको ईभी सर्भिस सेन्टरको संख्या तीन पुग्नेछ । 

यी नयाँ सर्भिस सेन्टरहरू आगामी ३ देखि ५ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
 

Share News