काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारायण बाबु लोहनी पुनः नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले लोहनीलाई चार वर्षका लागि पुनः सीईओ बनाउने निर्णय गरेको हो ।
लोहनीको कार्यकाल आगामी साउन १८ देखि लागू हुने कम्पनीले जनाएको छ।