काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रवर्द्धनमा सञ्चालित म्युचुअल फन्ड ग्लोबल आइएमई समुन्नत योजना–२ मा आवेदन खुलाइएको छ । लगानीकर्ताले असार २५ गतेसम्म र सो अवधिमा पूर्ण बिक्री नभए साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
ग्लोबल आइएमइ क्यापिटलका अनुसार फण्डको यस योजनामा लगानी गर्ने इकाइधनीले औसत वार्षिक २२.४ प्रतिशत प्रतिफल पाउने छन् । ग्लोबल आइएमई क्यापिटलमा ग्लोबल आइएमइ बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ ।
१० वर्षपछि परिपक्क हुने योजना १ अर्ब २० करोडको हुनेछ । अधिक आवेदन आएमा यो आकार २५ प्रतिशतसम्मले बढ्नेछ ।
यो बन्दमुखी योजना हो । ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तर्गतको ग्लोबल आइएमई समुन्नत योजना २ हो । यो योजनाले १२ करोड इकाइ सर्वसाधारणमा बिक्री गर्नेछ । प्रति इकाइ १० रुपैयाँका दरले अधिकतम एक सय इकाइका लागि आवेदन दिन सकिन्छ ।
योजनाले इक्विटी र इक्विटी सम्बन्धी साधनमा ७० देखि ९० प्रतिशतसम्म लगानी गर्नेछ । अरु ऋणपत्र तथा मुद्दती निक्षेपमा लगानी गर्नेछ । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हाल २ योजना सञ्चालनमा छन् ।