ओमोडा एन्ड जेइकोको ‘मनसुन चेक-अप क्याम्प’ देशभर सञ्चालन गर्ने, गाडी सर्भिसिङमा छुट

काठमाडौं । ओमोडा एन्ड जेइकोका नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले देशव्यापी रूपमा ‘मनसुन चेक–अप क्याम्प’ सञ्चालन गर्ने भएको छ । असार २५ देखि २७ गतेसम्म सञ्चालन हुने यो क्याम्पमा ग्राहकले मनसुनको मौसमका लागि गाडी तयार पार्न विभिन्न सेवा र छुटको सुविधा लिन सक्नेछन् ।

कम्पनीका अनुसार ब्रेक प्याड र सर्भिसिङमा शतप्रतिशत लेबर चार्ज छुट, टप वासमा शतप्रतिशत छुट, सस्पेन्सन पार्ट्स रिप्लेसमेन्टमा ५० प्रतिशत छुट, साथै बडी सप जब र स्पेयर पार्ट्समा १० प्रतिशत छुट उपलब्ध हुनेछ।

ग्राहकहरूलाई आफु नजिकै गुणस्तरीय र आधिकारिक सेवा प्राप्त गर्न सहज बनाउँदै, मनसुन चेक-अप क्याम्प, ओमोडा एन्ड जेइकोको देशव्यापी रहेका विभिन्न आधिकारिक सर्भिस सेन्टरमा एकै साथ सञ्चालन हुनेछ ।

देशभर विभिन्न १२ वटा सर्भिस सेन्टरमा चेक-अप क्याम्प आयोजना हुँदैछ । काठमाडौं उपत्यकाभित्र सीतापाइला (एसपीजी अटोमोबाइल्स) र भक्तपुर (परिवार कार क्लिनिक) तथा उपत्यका बाहिर वीरगंज (दर्शी अटोमोबाइल्स), बुटवल (सिद्धि विनायक मोटर्स), नेपालगञ्ज (देवमंगल इन्जिनियरिङ) र चितवन (युनाइटेड अटो कन्सर्न), धनगढी (नवदुर्गा टेक्नोलोजी), पोखरा (एलिट मोटर्स), इटहरी (पाथीभरा अटो), विर्तामोड (ओपी इन्टरनेसनल), दाङ (एनएल मोटो कर्प), र सुर्खेत (बुटवल भेराइटी) मा मनसुन चेक-अप क्याम्प सञ्चालन हुँदैछ ।

एसपीजी अटोमोबाइल्सले ग्राहकहरूलाई आफू नजिकैको ओमोडा एन्ड जेइकोको आधिकारिक सेवा केन्द्रमा गई मनसुन चेक-अप क्याम्पमा उपलब्ध विभिन्न छुटहरूको लाभ उठाई आफ्नो सवारी साधन मनसुनका यात्राहरूका लागि तयार पार्न आह्वान गरेकाे छ ।   

Share News